• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवाललाई

सिन्धुली २२ पुस ०८२


नेकपा (एमाले) सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवालले पाउनु भएको छ । एमालेको सचिवालयको काठमान्डौमा सम्पन्न बैठकले प्रदेश र जिल्लाका इन्चार्जहरू तोकेको हो । बैठकले सिन्धुली जिल्लाको इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप कटुवाललाई दिएको छ । 


एमालेले बागमती प्रदेशका उपत्यकाका ३ जिल्ला बाहेक १० वटा जिल्लामा इन्चार्ज तोकेको हो । बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव महेश बस्नेतले पाउनु भएको छ ।


बैठकले रामेछापको इन्चार्जमा माधव ढुङ्गेल, काभ्रेपलान्चोकको इन्चार्जमा अशोक व्याञ्जु, सिन्धुपाल्चोकको इन्चार्जमा सुवास कर्माचार्य, धादिङको इन्चार्जमा भूमि त्रिपाठी, दोलखाको इन्चार्जमा पार्वत गुरुङ, नुवाकोटको इन्चार्जमा केशव पाण्डे, रसुवाको इन्चार्जमा प्रेम तामाङ, मकवानपुरको इन्चार्जमा रामेश्वर राना, चितवनको इन्चार्जमा देवी ज्ञवालीलाई जिम्मेवारी तोकेको छ । 


 

प्रतिकृया दिनुहोस

सिन्धुलीमा एमालेको वडा, पालिका र जिल्ला स्तरीय कार्यक्रम तय

सिन्धुली २० कात्तिक ०८२ नेकपा (एमाले) सिन्धुलीले आगामी ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौटको तयारी सहित विभिन्न तहका कार्यक्रम निर्धारण गरेको छ

दुधौली नगरपालिकालाई एमालेको गम्भीर ध्यानाकर्षण : स्थानीय समस्यामा तत्काल समाधान गर्न माग

सिन्धुली, २७ साउन ०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले नगरपालिका भित्रका महत्त्वपूर्ण सामाजिक, आर्थिक र जनजीवनसँग सम्बन्धित

अनेरास्ववियुको सम्मेलन आयोजक कमिटीको संयोजकमा अजय

सिन्धुली २६ साउन ०८२ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको सम्मेलन आयोजक कमिटीको  संयोजकमा अजय दोङ चयन हुनु भएको छ ।