• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

सिन्धुलीमा एमालेको वडा, पालिका र जिल्ला स्तरीय कार्यक्रम तय

सिन्धुली २० कात्तिक ०८२


नेकपा (एमाले) सिन्धुलीले आगामी ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौटको तयारी सहित विभिन्न तहका कार्यक्रम निर्धारण गरेको छ ।


नेकपा एमाले सिन्धुलीको कार्यालयमा आज बसेको सचिवालयको ७ औं बैठकले पार्टीको केन्द्रीय सर्कुलर अनुसार कात्तिक २२ गते जिल्लाका सबै वडाहरूमा वडा स्तरीय कार्यक्रम, कात्तिक २५ गते पालिका स्तरीय कार्यक्रम र कात्तिक २९ गते जिल्ला स्तरीय जनसभा गर्ने निर्णय गरिएको हो ।


जिल्ला स्तरीय जनसभामा पूर्व मन्त्री तथा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले सम्बोधन गर्ने तय गरिएको छ । पार्टी अध्यक्ष महेन्द्रदेव श्रेष्ठका अनुसार महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्ने प्रक्रिया पनि सुरु हुनेछ । प्रत्यक संघिय निर्वाचन क्षेत्रमा १ हजार २ सय सदस्य बराबर चार जना प्रतिनिधि छनोट हुनेछन् । जसमा  दुई खुल्ला, एक महिला र एक युवा गरि चार जना प्रतिनिधि छनोट हुनेछन् । बाकि सदस्य मध्ये हरेक ८ सय सदस्य बराबर एक प्रतिनिधि छनौट हुनेछन् । पहिलो ८०० सदस्यमा महिला र बाँकी सदस्मा खुल्ला, महिला गरि प्रतिनिधि छनौट गरिने छ । जिल्ला भुगोल मानेर ५०० सय दलित सदस्य बराबर १ जना प्रतिनिधि छनोट गरिनेछ ।


छनौटका लागि सङ्घीय निर्वाचन क्षेत्रलाई आधार मानेर क्षेत्र नं. १ को भिमान र क्षेत्र नं. २ को नेकपा (एमाले) सिन्धुलीको पार्टी कार्यालयमा निर्वाचन कार्यालय रहनेछ । मनोनयन दर्ता मंसिर ९ गते र प्रतिनिधि छनौट मंसिर १३ गते हुने तय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।


बैठकले हालैको वर्षात्का कारण धानमा भएको क्षतिप्रति चासो व्यक्त गर्दै कृषकलाई क्षतिपूर्ति उपलब्ध गराउन बागमती प्रदेश कृषि मन्त्रालयसँग पहल गर्ने निर्णय गरेको छ । त्यसै गरी, भदौ २४ गते भएको आगजनी घटनाबाट क्षति पुगेको पार्टी कार्यालय मर्मत गर्ने निर्णय पनि गरिएको छ । 

 

प्रतिकृया दिनुहोस

एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवाललाई

सिन्धुली २२ पुस ०८२ नेकपा (एमाले) सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवालले पाउनु भएको छ । एमालेको सचिवालयको काठमान्डौमा सम्पन्न बैठकले

दुधौली नगरपालिकालाई एमालेको गम्भीर ध्यानाकर्षण : स्थानीय समस्यामा तत्काल समाधान गर्न माग

सिन्धुली, २७ साउन ०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले नगरपालिका भित्रका महत्त्वपूर्ण सामाजिक, आर्थिक र जनजीवनसँग सम्बन्धित

अनेरास्ववियुको सम्मेलन आयोजक कमिटीको संयोजकमा अजय

सिन्धुली २६ साउन ०८२ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको सम्मेलन आयोजक कमिटीको  संयोजकमा अजय दोङ चयन हुनु भएको छ ।