• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

दुधौली नगरपालिकालाई एमालेको गम्भीर ध्यानाकर्षण : स्थानीय समस्यामा तत्काल समाधान गर्न माग

सिन्धुली, २७ साउन ०८२


नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले नगरपालिका भित्रका महत्त्वपूर्ण सामाजिक, आर्थिक र जनजीवनसँग सम्बन्धित समस्या समाधानमा तत्काल पहल गर्न आग्रह गरेको छ । पार्टीले मङ्गलवार ध्यानाकर्षण पत्र कार्यवाहक मेयर चन्द्रकिशोर थारुलाई बुझाउँदै कृषि, शिक्षा स्वास्थ्य, पशुपालन तथा सार्वजनिक प्रशासनका विविध क्षेत्रका समस्या समाधानका लागि विस्तृत माग राखेको हो ।


दुधौली नगर कमिटी अध्यक्ष खेटरराज अधिकारी र सचिव चन्द्र बहादुर कार्की (रमेश)ले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा रासायनिक मल वितरण प्रणालीमा पारदर्शिता, कालोबजारी नियन्त्रण, पर्याप्त मात्रामा किसानलाई उपलब्ध गराउन माग गरेको छ ।समयमा नै सुपथ मूल्यमा रासायनिक मल वितरण गर्नु पर्ने, वितरणमा पारदर्शी हुनु पर्ने, कृत्रिम अभाव, कालोबजारी गर्नेलाई कारबाही गर्नु पर्ने, कृषकको गुनासो सुन्न तत्काल समन्वय समिति गठन गर्नु पर्ने माग गरेको छ ।


पत्रमा दुधौली नगरपालिकाभित्र मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि प्रभावकारी कार्य योजना बनाउनुपर्ने माग गरिएको छ । सामाजिक अव्यवस्था, राजनीति–प्रशासनबिचको अस्वस्थ सम्बन्ध हटाउनुपर्ने र नगरभित्र शिक्षा क्षेत्रमा देखिएको कमजोरी सुधार्नुपर्ने कुरा पनि उठाइएको छ । राजनीतिक दलको भातृसंगठनको कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाले गरेकाले आपत्ति जनाइएको छ । यसबारे नगरपालिकासँग चित्त बुझ्दो जवाफ माग गरिएको छ ।


शैक्षिक क्षेत्रमा विद्यालयमा शिक्षकहरूमा त्रास, मानसिक दबाब, असुरक्षाको अवस्था देखिएकाले शिक्षकमाथि दिइएको अनावश्यक दबाब, धम्कीपूर्ण व्यवहार राजनीतिक हस्तक्षेप रोकी शैक्षिक वातावरणमा पठन पाठन गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ । 


स्वास्थ्य क्षेत्रमा नगर अस्पतालमा गुणस्तरीय सेवा सुनिश्चित गर्न आवश्यक संरचना, उपकरण र स्वास्थ्यकर्मीको सङ्ख्या वृद्धि, गरिब तथा विपन्न वर्गलाई निःशुल्क उपचार, सेवामा समान पहुँच र शुल्कको पारदर्शिता कायम गर्नुपर्ने उल्लेख छ ।


नगरभित्र फैलने लम्की स्किन रोगको स्थिति सर्वेक्षण गरी निगरानी गर्न, पशुहरूको निःशुल्क खोपको व्यवस्था गर्न, स्वास्थ्यकर्मी मोबाइल टोली गठन गरी प्रभावित क्षेत्रमा तत्काल सेवा प्रवाह गर्न, सङ्क्रमित पशुहरूलाई आइसोलेसनमा राखी उपचार सुनिश्चित गर्न, रोग नियन्त्रणका लागि आवश्यक औषधि उपकरणको तुरुन्त व्यवस्था गर्न माग गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवाललाई

सिन्धुली २२ पुस ०८२ नेकपा (एमाले) सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवालले पाउनु भएको छ । एमालेको सचिवालयको काठमान्डौमा सम्पन्न बैठकले

सिन्धुलीमा एमालेको वडा, पालिका र जिल्ला स्तरीय कार्यक्रम तय

सिन्धुली २० कात्तिक ०८२ नेकपा (एमाले) सिन्धुलीले आगामी ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौटको तयारी सहित विभिन्न तहका कार्यक्रम निर्धारण गरेको छ

अनेरास्ववियुको सम्मेलन आयोजक कमिटीको संयोजकमा अजय

सिन्धुली २६ साउन ०८२ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको सम्मेलन आयोजक कमिटीको  संयोजकमा अजय दोङ चयन हुनु भएको छ ।