• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

नेकपा एमाले सिन्धुलीद्वारा तीन दिने प्रशिक्षक प्रशिक्षण सुरु

सिन्धुली, ८ असार ०८२


नेकपा (एमाले) सिन्धुलीले तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम आइतबार सुरु गरेको छ । प्रशिक्षणमा मार्क्सवादी दर्शन र जनताको बहुदलीय जनवाद (जबज) का विषयमा पार्टीका केन्द्रीय उपमहासचिव तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीले प्रशिक्षण दिनुभएको थियो ।


ज्ञवालीले नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, नेकपा एमालेको योगदान र वर्तमान राजनीतिक परिस्थिति विश्लेषण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अघि बढिरहेको समाजवाद उन्मुख यात्राको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “आज जबजको नेतृत्वमा रहेको नेकपा एमालेले विश्वमा कम्युनिस्ट पार्टीहरूप्रति फैलाइएका भ्रमहरू चिर्दै राष्ट्र निर्माणको अभियान अगाडि बढाइरहेको छ । पार्टी र नेतृत्वविरुद्ध जतिसुकै मिथ्या प्रचार भए पनि सत्यको अगाडि ती टिक्न सक्दैनन् ।”


प्रशिक्षणका क्रममा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले दसौँ महाधिवेशनको कार्यदिशाबारे प्रशिक्षण दिनुभयो । पार्टी र जनसङ्गठन तथा निर्वाचित जनप्रतिनिधिहरु विच अन्तरसम्बन्धका विषयमा गणेश पहाडी, समृद्धिमा भूराजनीति चुनौती र सम्भावनाका विषयमा मनोजजंग थापा, सूचना र प्रविधिको प्रयोगबारे सुभास देवकोटा, समाजवादका आधारबारे डम्बर कार्की, र विकास निर्माणमा पार्टीको भूमिकाबारे प्रदीप कटवालले प्रशिक्षण दिनुभएको थियो ।


दोस्रो दिन सोमबार सङ्गठनात्मक सिद्धान्त, पार्टी अनुशासन र जिम्मेवारीबारे काशीनाथ अधिकारीले, राजनीतिक पार्टीहरूको तुलनात्मक अध्ययनबारे कैलाश ढुंगेलले, राजनीतिक अर्थशास्त्रबारे डा. पुष्प कँडेलले, प्रशिक्षण सिप र कला सम्बन्धमा घनश्याम कोइरालाले, र जिल्लाको समसामयिक अवस्था र जिल्लाको समृद्धिका आधारहरूबारे महेन्द्रदेव श्रेष्ठले प्रशिक्षण दिनु हुनेछ ।प्रशिक्षणको तेस्रो दिन मङ्गलवार समृद्ध नेपाल सुखी नेपालीबारे रामशरण प्याकुरेलले, पार्टीको विधानबारे शान्तिप्रसाद पौडेलले, र अन्त्यमा नेकपाको इतिहासबारे युवराज ज्ञवालीले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।


तीन दिनसम्म चल्ने प्रशिक्षक प्रशिक्षण कार्यक्रम नेकपा एमाले सिन्धुली जिल्ला कमिटीले आयोजना गरेको हो । यस प्रशिक्षण पछि नेकपा एमालेको वडा कमिटी तह सम्मका कमिटीहरूलाई प्रशिक्षण दिन प्रशिक्षक तयार हुनेछन् । प्रशिक्षण केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्लाका पदाधिकारी तथा ९ वटै पालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको नेकपा एमाले सिन्धुलीका उपसचिव तथा स्कुल विभाग प्रमुख पार्वती भट्टराईले जानकारी दिनुभयो । प्रशिक्षणबाट पार्टी एकता, वैचारिक स्पष्टता, सङ्गठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिएको उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवाललाई

सिन्धुली २२ पुस ०८२ नेकपा (एमाले) सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवालले पाउनु भएको छ । एमालेको सचिवालयको काठमान्डौमा सम्पन्न बैठकले

सिन्धुलीमा एमालेको वडा, पालिका र जिल्ला स्तरीय कार्यक्रम तय

सिन्धुली २० कात्तिक ०८२ नेकपा (एमाले) सिन्धुलीले आगामी ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौटको तयारी सहित विभिन्न तहका कार्यक्रम निर्धारण गरेको छ

दुधौली नगरपालिकालाई एमालेको गम्भीर ध्यानाकर्षण : स्थानीय समस्यामा तत्काल समाधान गर्न माग

सिन्धुली, २७ साउन ०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले नगरपालिका भित्रका महत्त्वपूर्ण सामाजिक, आर्थिक र जनजीवनसँग सम्बन्धित