अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि
सिन्धुली, ७ फागुन ०७९
अग्नि ग्रुपको ट्रियो र यारी इलेक्ट्रिक अटो सिन्धुलीमा पनि सार्वजनिक गरिएको छ । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता इनर्जी प्रालिले आइतबार सिन्धुलीको कमलामाई नगरपालिका ६ राममाडीबाट ट्रियो र यारी इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।
महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधारणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो र यारीको सिन्धुलीमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोख्रेलले सार्वजनिक गर्नु भएको हो ।
अग्नि इनर्जीका कमलामाई नगरपालिका –६ राममाडी सिन्धुली लागि बिक्रेता मरिण इभरग्रिन इन्टरप्राइजेज प्रा. लि. का प्रबन्ध निर्देशक खडकबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् ।
आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गरिएको प्रबन्धक टिकाबहादुर श्रेष्ठले बताउनुभयो ।
कम्पनीका अनुसार “नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय भएको छ ।
महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटीका उत्पादनहरू केन्द्रित क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठुलो बचतसँगै आफ्नो स्वामित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।
महिन्द्रा ट्रियो अटो र यारीको एडभान्स लिथियम आयन टेक्नोलोजीबाट निर्मित, उत्कृष्ट पर्फमेन्स् क्षमता भएको, वर्ग वारेन्टीमा सबैभन्दा राम्रो. भएको , ट्रियो अटोमा तीन वर्ष वा ८०,००० किमी वारेन्टी र ट्रियो यारीमा तीन वर्ष वा ४०,००० किमी वारेन्टी रहेको छ ।
ट्रियो अटो ३ घण्टा ५० मिनेट चार्जिङ समय, १३० कि.मि गुड्ने र ट्रियो यारीमा २ घण्टा ३० मिनेट चार्जिङ समय, ८५ कि.मि गुड्ने बताइएको छ । मरिण इभरग्रिन इन्टरप्राइजेज प्रा. लि. शुभारम्भको दिन ५ वटा महिन्द्रा ट्रियो अटो र यारी बिक्री गरेको छ ।
बहिरा विद्यार्थीले उत्पादन गरेको हस्तकला र मायाको चिनो प्रवर्द्धनमा जोड
सिन्धुली १६ असार ०८२ श्री नवज्योति बहिरा माध्यमिक विद्यालय, जसेदमारले आयोजना गरेको “हस्तकला तथा मायाको चिनो प्रवर्द्धनका लागि अन्तरक्रिया
फिक्कलमा महिलाहरुलाई स्वरोजगार बनाउन बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम सम्पन्न
सिन्धुली १३ वैशाख ०८२ फिक्कल गाउँपालिका ३ गिन्चौरका महिलाहरूका लागि बाटेको धूप तथा अगरबत्ती बनाउने तालिम शनिवार सम्पन्न भएको छ । फिक्कल
फिक्कलमा मेसिनबाट दुना टपरी बनाउने तालिम सुरु
सिन्धुली १४ माघ ०८० फिक्कल गाउँपालिका ६ आँपटारमा मेसिनद्वारा दुना टपरी बनाउने तालिम आइतबारबाट सुरु भएको छ । फिक्कल गाउँपालिकाको आयोजनामा ५ दिने






प्रतिकृया दिनुहोस