लम्पि स्किन रोग नियन्त्रणका लागि पाराभेटेरिनरीले प्रधानमन्त्रीलाई पठायो ज्ञापन पत्र
सिन्धुली, १४ साउन २०८०
नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन जिल्ला कार्य समिति सिन्धुलीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र पठाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल मार्फत लम्पि स्किन रोग नियन्त्रणका लागि औषधि र खोपको व्यवस्था गर्न माग गर्दै ज्ञापन पत्र पठाएको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा नेपाल पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसनका क्षेत्रीय सदस्य नवराज थापाले प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाउनु भएको थियो ।

ज्ञापन पत्र मार्फत पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसनले लम्पी स्किन रोगबाट भयावह बन्दै गएकोले महामारीको अवस्थालाई मध्यनजर गर्दै सङ्कटकाल घोषणा गर्न माग गरेको छ । साथै लम्पी स्किन रोग नियन्त्रणको लागी ठोस योजनाको साथ आवश्यक औषधी तथा खोपको व्यवस्था गर्नु माग गरेको छ ।
लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी पशु चिकित्सक र प्राविधिकहरू सशक्त रूपमा परिचालन गर्न, लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी प्रयोग हुने औषधीहरूको बजारमा अभाव रहेकोले आवश्यक औषधीहरूको उपलब्ध गराउन समेत मग गरिएको छ ।
बिमा गरिएको पशुहरूको बिमा बापतको क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने र लम्पी स्किन रोगबाट मृत्यु भएका पशुहरू र प्रत्यक्ष रूपमा प्रभावित भएको कृषक/ व्यवसायीहरूलाई राहतको कार्यक्रम ल्याउन समेत प्रधानमन्त्री समक्ष माग गरिएको छ ।
पाराभेटेरिनरी एण्ड लाइभष्टक एसोसिएसन सिन्धुलीका अध्यक्ष नम्रराज अधिकारीले लम्पि स्किन रोगको कारणबाट दुध उत्पादन ८० प्रतिशत सम्म कमी आउने, गर्भ तुहिने, प्रजननमा समस्या आउने, मृत्यु हुने जस्ता कारणले कृषकहरूले ठुलो आर्थिक क्षति व्यर्होनु परिरहेको अवस्था रहेको बताउनुभयो । जिल्लाका स्थानीय तहमा कार्यरत पशु प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

देशभरि महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागी तिनै तहका सरकारले गरिरहेको कार्य पर्याप्त नभएको र यस्तो किसिमको सरकारी गतिविधिले रोग नियन्त्रण कार्य ठोस ढङ्गले हुन नसक्ने तथा कृषकहरूको पशुहरूको धेरै सङ्ख्यामा क्षति हुने र यसबाट आर्थिक रूपमा समेत ठुलो क्षति हुने भएकोले अविलम्ब मागहरु पुरा गर्न माग गरेको छ ।
लम्पी स्किन रोग बाट पशुबस्तुहरु धेरै सङ्ख्यामा सङ्क्रमित भइरहेको साथै कृषक व्यवसायीहरू आर्थिक रूपमा प्रभावित भइरहेको सन्दर्भमा रोग नियन्त्रण तथा राहत व्यवस्थापन जस्ता विषयहरू ठोस रूपमा सम्बोधन नभएमा बिरोधका कार्यक्रमहरू संचालन गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सरकार लम्पि स्किन रोग प्रति जिम्मेवार बन्दा पशुहरूमा महामारीको रूपमा देशका ७७ वटै जिल्लामा लम्पी स्किन रोग फैलिसकेको र हालसम्म यस रोगबाट करिब ११ लाख पशुहरू सङ्क्रमित भएको छ भने ५० हजार भन्दा बढी पशुहरूको मृत्यु समेत भइसकेको छ ।
कमलामाईमा एमाले नगर कमिटीद्वारा धान दिवसको भव्य आयोजना
सिन्धुली १५ असार ०८२ “उत्पादन बढाऔँ, धानमा आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ आइतबार कमलामाई नगरपालिकामा राष्ट्रिय धान दिवस २०८२ भव्य
कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे
सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन






प्रतिकृया दिनुहोस