• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

सिन्धुलीमा लम्पी स्किन रोग विरुद्ध साताव्यापी खोप अभियान सुरु

सिन्धुली, २५ साउन ०८०


सिन्धुलीमा बिहीबार देखी लम्पी स्किन रोग नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सुरु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका अनुसार जिल्लामा एकै पटक खोप अभियान संचालन भएको हो ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका पशु चिकित्सक नवराज थापाका अनुसार सिन्धुलीमा पहिलो दिन ३५३ वटा गाई, गोरुमा खोप लगाईएको छ ।


जिल्लाका नौ वटै स्थानीय तहमा समन्वय गरि खोप पठाइएको उहाँले जानकारी दिनुभयो । सिन्धुली र रामेछापका लागि ४ हजार ५०० डोज खोप केन्द्रमा आएको उहाँले जानकारी दिनुभयो ।


सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकामा ३५० डोज खोप पठाइएको र अन्य स्थानीय तहमा २२५ डोजका दरले खोप पठाइएको उहाँले जानकारी दिनुभयो ।


कमलामाई नगरपालिका ४ मा रहेको ढकाल गाई फार्मबाट खोप अभियानको सुरु भएको थियो ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका प्रमुख डा. प्रभात न्यौपानेको अध्यक्षता एवं वडा नं. ४ का वडा सदस्य युवराज श्रेष्ठको प्रमुख आतिथ्ययतामा एक औपचारिक कार्यक्रम मार्फत खोप अभियानको सुरुवात गरिएको थियो ।


कार्यक्रममा बोल्दै श्रेष्ठले किसानको समस्यालाई मध्यनजर गरी आवश्यक मात्रामा खोप उपलब्ध गराउन जनप्रतिनिधिहरूले पहल गर्नु पर्नेमा जोड दिनुभयो । वडाको तर्फबाट आफूले सक्ने सहयोग र पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । अहिले महामारीको रूपमा देखा परेको लम्पि स्किन रोगबाट पशुपालन गर्ने किसानहरूले नोक्सानी व्यहोर्नु परेको भन्दै अन्य बजेट कटौती गरेर भए पनि खोप लगाई यसको सङ्क्रमण फैलनबाट रोक्नु पर्नेमा जोड दिनुभयो ।


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका प्रमुख डा. प्रभात न्यौपानेले साउन २५ गतेदेखि ३१ गतेसम्म खोप अभियान संचालन गर्ने बताउनुभयो । यो खोप लम्पि स्किन रोगको सङ्क्रमण देखा नपरेका गाई, गोरु तथा भैँसीमा लगाउन मिल्ने बताउनुभयो । यस रोगबाट सबै भन्दा बढी गाई र गोरु नै प्रभावित भएको उहाँको भनाई छ । बिरामी पशुमा यस खोप लगाउन नमिल्ने उहाँले बताउनुभयो । खोप प्राप्त भए पनि पर्याप्त नभएको उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

.

कमलामाईमा एमाले नगर कमिटीद्वारा धान दिवसको भव्य आयोजना

सिन्धुली १५ असार ०८२  “उत्पादन बढाऔँ, धानमा आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ आइतबार कमलामाई नगरपालिकामा राष्ट्रिय धान दिवस २०८२ भव्य

कृषि ज्ञान केन्द्र सिन्धुलीले विश्व खाद्य दिवस मनायाे

सिन्धुली, २९ असोज ०८० सिन्धुलीमा पनि ४३ औं विश्व खाद्य दिवस मनाइएको छ । सोमबार कृषि ज्ञान केन्द्र सिन्धुलीले एक कार्यक्रम गरि दिवस मनाएको हो । जीवन