• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026

नेकपा एमाले कमलामाई नगर कमिटीद्वारा बिरामीलाई फलफूल वितरण


सिन्धुली १५ जेठ ०८२


गणतन्त्र स्थापना दिवसको अवसरमा नेकपा (एमाले) कमलामाई नगर कमिटीले आज सिन्धुली अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।


गणतन्त्रको सम्मानमा आयोजित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पार्टीको नगर नेतृत्वले बिरामीहरूलाई स्वास्थ्यलाभको शुभकामना दिँदै फलफूल वितरण गरेको हो ।


कार्यक्रममा नेकपा एमाले कमलामाई नगर कमिटीका अध्यक्ष सुन्दर घिसिङले गणतन्त्र केवल राजनीतिक व्यवस्था मात्र नभई नागरिकको जीवनमा आत्मसम्मान, सेवा र समर्पणको भावना भएको बताउनुभयो ।


उनीहरूले अस्पतालका विभिन्न वार्डहरूमा पुगेर बिरामी तथा तिनका आफन्तलाई फलफूल प्रदान गर्दै लोकतन्त्र र गणतन्त्रले नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याएको कुरामा जोड दिए ।


बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री एवं नेकपा एमाले बागमती प्रदेश सदस्य समेत रहनु भएका प्रदिप कटुवालले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनु हुँदै यस अवसरलाई जनताको सेवामा रूपान्तरण गर्नु पर्ने बताउनुभयो ।



गणतन्त्र दिवसको सम्मानमा गरिएको यो कार्यक्रमले सामाजिक सेवाको क्षेत्रमा राजनीतिक दलहरूको सक्रियतासमेत झल्काएको छ । फलफूल वितरण कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

एमाले सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवाललाई

सिन्धुली २२ पुस ०८२ नेकपा (एमाले) सिन्धुलीको इन्चार्जको जिम्मेवारी प्रदीप कटुवालले पाउनु भएको छ । एमालेको सचिवालयको काठमान्डौमा सम्पन्न बैठकले

सिन्धुलीमा एमालेको वडा, पालिका र जिल्ला स्तरीय कार्यक्रम तय

सिन्धुली २० कात्तिक ०८२ नेकपा (एमाले) सिन्धुलीले आगामी ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौटको तयारी सहित विभिन्न तहका कार्यक्रम निर्धारण गरेको छ

दुधौली नगरपालिकालाई एमालेको गम्भीर ध्यानाकर्षण : स्थानीय समस्यामा तत्काल समाधान गर्न माग

सिन्धुली, २७ साउन ०८२ नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुधौली नगर कमिटीले नगरपालिका भित्रका महत्त्वपूर्ण सामाजिक, आर्थिक र जनजीवनसँग सम्बन्धित